जापानमा थपिए ७१६ कोरोना संक्रमित, १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


सन थापा, जापान

अगष्ट २५, जापानमा मंगलबार ७ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६४ हजार र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६४ हजार ७ सय १२ जना पुगेको छ ।

राति १० बजेसम्म खानागावा र ओसाकामा तीन–तीन जना,टोकियोमा दुई जना, आईची, फुकुओका, चिबा, ओकिनावा, क्योतो र इबाराकीमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ हजार २ सय १७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय ३० जना पुगेको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

त्यसैगरी निको हुने संख्या ५० हजार ४ सय ३१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ५१ हजार ९० जना पुगेको छ ।

संक्रमित मध्ये २ सय ५२ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १९ हजार छ सय १० जना, ओसाकामा ८ हजार २० जना, खानागावामा ४ हजार ५ सय १५ जना, आईचीमा ४ हजार २ सय ८२ जना, फुकुओकामा ४ हजार २ सय ६९ जना, साईतामामा ३ हजार ५ सय २२ जना पुगेको छ । यी प्रान्तमा क्रमशः १ सय ८२ जना, १ सय १९ जना, ३७ जना, ४३ जना, ५३ जना, र ३५ जना संक्रमित थपिए ।

त्यसैगरी चिबामा ३३ जना, ह्योगोमा २३ जना, होक्काईदोमा सात जना, ओकिनावामा ३२ र क्योतोमा १७ जना संक्रमित थपिए । चिबामा २ हजार ८ सय २० जना, ह्योगोमा २ हजार १ सय ६० जना, ओकिनावामा १ हजार ९ सय ४३ जना, होक्काईदोमा १ हजार ७ सय २७ जना र क्योतोमा १ हजार ३ सय ४३ जना पुगेको छ ।