
पोखरा, १० भदौ । पोखरा महानगरपालिकामा आज बुधवार फेरि एक जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यसअघि आज बिहानै पोखराका साई अर्चना अस्पतालमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य निर्देशनालयले आज बुधवार बिहान दोस्रोपटक जारी विज्ञप्तिमा लमजुङका ३ र नवलपुरका ६ गरी थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोन संक्रमितको संख्या १९४६ पुगेको जनाइएको छ ।

