कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


फाइल तस्विर

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । मृतक ४५ वर्षीय पुरुष कलेजोसम्बन्धी समस्याबाट पनि पीडित रहेको श्रेष्ठले जानकारी दिए।

ती पुरुषको शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिएको उनले बताए।



Tags: