काठमाडौं उपत्यकामा ४१५ जना संक्रमित थपिए

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै देशभर ९२७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ भने १६ हजार १९ जना आइसोलेसनमा उपचाररत छन् ।



Tags: