जापानमा ८६९ जनामा कोरोना संक्रमण पुष्टी, १९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।

अगष्ट २८ । शुक्रबार ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६६ हजार ६ सय ३८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६७ हजार ३ सय ५० जना पुगेको छ ।

राति १० बजेसम्मको अपडेट अनुसार ओसाकामा सबैभन्दा धेरै नौ जना, टोकियो, फुकुओका, ह्योगोमा दुई–दुई जना, साईतामा, आईची, ईबाराकी, यामानासी, प्रान्तमा एक–एक जना गरी १९ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ । हालसम्म मृतकको संख्या १ हजार २ सय ६० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय ७३ जना पुगेको छ ।

त्यसैगरी डिस्चार्ज हुने संख्या ५३ हजार ९ सय ९५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५९ गरी ५४ हजार ६ सय ५४ जना पुगेको छ ।

संक्रमित मध्ये २ सय २७ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।