गोरखाका पुरुषको भरतपुर अस्पतालमा मृत्यु, गण्डकीमा मृतक ११ पुगे

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । गोरखा नगरपालिका १३ मजुवाका ३८ वर्षे पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै गण्डकीमा मृतकको संख्या ११ पुगेको हो ।

मृतक ३८ वर्षका पुरुषको भरतपुर अस्पतालमा हिजो दिउसो २ः३० बजे आईसीयूमा उपचारको क्रममा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: