क्होलासोँथर गाउँपालिकाका अध्यक्षसहित ४२ जनाको स्वाब संकलन

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


गंगा घले ।

घलेगाउँ, लमजुङ । कोरोना महामारीको कारण यतिबेला देश आक्रान्त छ । समुदायमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि देशका कतिपय स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ ।

भदौ १० गते मंगलवार क्होलासोँथर कार्यपालिकाको बैठक घलेगाउँमा बस्यो । कार्यपालिका बैठकमा सहभागि एक २६ वर्षीय पुरुष कर्मचारीमा भदौ ११ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै गाउँमा कडाइ गरिएको छ ।

बैठकमा सहभागीहरुमा कोरोना संक्रमण फैलिन सक्ने आशंकासँगै आज गाउँपालिकाका अध्यक्ष प्रेम घले, उपाध्यक्ष कुमारीमुनी गुरुङलगायत सुरक्षाकर्मी र अन्य कर्मचारीसहित ४२ जनाको स्वाब संकलन गरिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलिन नदिन यतिखेर पर्यटकीय घलेगाउँमा कडाइ गरिएको छ ।

सबै तस्विरः गंगाबहादुर घले ।