
पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा आइतबार साँझसम्मको तथ्यांक अनुसार कुल संक्रमितको संख्या २ हजार १ सय २३ पुगेको छ । जसमा ८ सय ४८ जना महिला छन् भने पुरुष संक्रमितको संख्या १ हजार २ सय ७५ पुगेको छ ।
त्यस्तै कास्की जिल्लामा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या ३ सय २६ जना छन् भने पोखरा महानगरपालिकामा मात्रै ३०० जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा सबैभन्दा बढी संक्रमित नवलपरासी पूर्वमा रहेका छन् भने सबैभन्दा कम मुस्ताङमा रहेका छन् । नवलपरासी पूर्वमा कोरोना संक्रमितको संख्या ४ सय ६२ जनामा पुष्टि भइसकेको छ भने मुस्ताङमा एक जनामा संक्रमण पुष्टि भएको छ ।





