पर्यटन बोर्डका प्रमुख डा. रेग्मीको अभिब्यक्तिप्रति युनिट्राभ र टिगानको पनि आपत्ति

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा । पर्यटन बोर्डका प्रमुख डा. धनन्जय रेग्मीले बीबीसी नेपाली सेवामा पर्वतीय पर्यटन मजदुर र व्यवासायीलाई लक्षित गर्दै राखेको अभिव्यक्तिप्रति युनिट्राभ र टिगानले आपत्ति जनाएको छ ।

भदौ १२ गते बीबीसी नेपाली सेवामा पर्यटनसंग सम्बन्धित विषयमा कुराकानी गर्दा पर्वतीय पर्यटन व्यवसायी तथा मजदुरहरुका बारेमा बोलेका केहि कुराहरुबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी विवादित भएकाहुन।

‘झोलामा कम्पनी बोक्ने, एक घरकाले कम्पनी चलाएर रोजगारी सिर्जना नगर्ने, राज्यलाई कर नतिर्ने, एकदमै सानो क्षेत्र नगन्य योगदान रहेको,’ अभिव्यक्ति रेग्मीले दिएको उनीहरुको आरोप छ ।

रेग्मीले सानो क्षेत्र भएका कारण कोरोना महामारीमा ठूलो मर्कामा परेका कामदारलाई सहयोग गर्न नसकिएको अभिव्यक्ति पनि दिएका थिए ।

यसखालको अभिव्यक्तिले गर्दा व्यावसायिक कम्पनीहरु जस्तै पर्वतीय पर्यटक गाइडहरु र श्रमिकहरु उनको भनाइबाट रुष्टभएर प्रेस विज्ञप्ति नै निकालेका छन।

जिफन्टको महत्त्वपूर्ण घटक ‘नेपाल ट्रेकिङ, ट्राभल्स, राफ्टिङ्ग, तथा एयरलाइन्स मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशका अध्यक्ष बिजय के. सि. तथा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान) का महासचिव सार्की शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिहरु हामीलाई प्राप्त भएका छन। विज्ञप्तिको पुर्ण पाठ निम्नानुसार छन।