पत्रकार महासंघ लमजुङ अध्यक्ष आश गुरुङलाई कोरोना पुष्टि

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष आश गुरुङलाई कोरोना पुष्टि भएको छ ।

लमजुङकै एक एफएम रेडियोमा कार्यरत एक जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष गुरुङ कन्ट्याक ट्रेसिङमा परेका थिए । गत बिहीबार नै उनको स्वाब संकलन गरेर पोखरा ल्याइएको भए पनि आज सोमबार मात्र नतिजा आएको हो । उनी गत बिहीबारबाटै होटेल क्वारेन्टाइनमा बसेका छन् । उनी कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले एक प्रेस नोट जारी गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रेस नोटमा भनिएको छ, ‘पत्रकार महासंघ लमजुङका अध्यक्ष प्रिय आश गुरुङमा कोरोना पोजेटिभ देखिएको छ, प्रदेश समितिको तर्फबाट उहाँसहित कोरोना सँक्रमित सबै पत्रकार साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’



Tags: