
नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।


