विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ५० हजार ८०१ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ७२ हजार ८७१ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३९ लाख ५० हजार ९३१ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा ३६ लाख ९१ हजार १६६ जना पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ५४ हजार ५९६ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ८४ हजार ६२९ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख २२ हजार ५९६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ६५ हजार २८८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ६९ लाख ८० हजार ४०८ जना रहेको छ ।



Tags: