बाघको छाला र हड्डीसहित २ जना पक्राउ

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

बझाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन्।

बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबनका २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।
सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।