थप ९७९ जनामा कोरोना संक्रमण, १७३६ डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


पोखरा, २२ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ७ हजार १ सय ९० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २ सय ५९ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख ७७ हजार ५ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा एक हजार ७ सय ३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ रहेको प्रवक्ता डा गौतमले बताए ।

यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।  



Tags: