
फाइल तस्विर
पोखरा, २२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन् । मृतकमा काठमाडौंका ३७, ९० र ८३ वर्षीया गरी ३ जना र कास्कीका ६३ वर्षीया गरी ४ जना महिला छन् ।
यस्तै पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिराहका ६२ र ८७ वर्षीय गरी २ जना, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय र मकवानपुरका ३९ वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवारसम्म कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् । आजसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।