पोखराका २६ जनासहित गण्डकी प्रदेशमा ३८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ भदौ । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार प्रदेश स्वास्थ्य निर्देशनालयले दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार पोखरा फुड्समा कार्यरत २४ जना, पोखरा महानगरपालिका १० पार्कल्याण्ड हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी सहित थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरा फुड्स प्रालिका कार्यरत रहेका थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २० महिला तथा ४ जना पुरुष रहेका छन् । आज बिहान समेत पोखरामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी संक्रमित हुनेहरुमा तनहुँका ३ जना र बागलुङका ९ जना रहेका छन् । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का संक्रमितमध्ये १ पुरुष तथा २ जना महिला रहेका छन् ।

यस्तै बाग्लुङ जिल्लाको तामनखोला १ का २ पुरुष तथा ४ महिला सहित वडा नम्बर २ तथा वडा नम्बर ५ का १÷१ जना महिला र वडा नम्बर ८ का १ जना पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ ।



Tags: