थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ८३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ८ सय ६८ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ५ हजार ३ सय १० जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३२ हजार ९ सय ६४ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: