
पोखरा, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभर आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ८० वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय गरी २ जना, काठमाडौंका ८५ वर्षीय र कपिलवस्तुका ६२ वर्षीय गरी ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

