कोरोनाका कारण पोखरामा ७३ वर्षीया वृद्धाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २३ भदौ । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० की ७३ वर्षीया महिलाको कोरोना भाइरस रोग (कोभिड १९) बाट मंगलवार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक सह प्रा. डा अर्जुन आचार्यका अनुसार ती महिलाको म‌ंगलबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना बिरामी मृत्यु हुनेमा ती महिला नवौं व्यक्ति हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।



Tags: