विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित


पोखरा, २४ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ७७ हजार ४९ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६३ लाख २६ हजार ६९६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ८० हजार ४२२ पुगेको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ६२ हजार ७३ जना पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९६ हजार १२७ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ८९ हजार ६३९ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख २७ हजार ४६४ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ७२ हजार ७७५ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ८४ लाख ४१ हजार ७८३ जना रहेको छ ।



Tags: