
पोखरा, २४ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ७ हजार ३७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार ३५ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ५ हजार ४ सय ८० जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९ सय १८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको प्रवक्ता डा गौतमले बताए ।