
पोखरा, २५ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७६ लाख ९९ हजार ९७४ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६३ लाख ५८ हजार ९८३ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार १२८ पुगेको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ६२ हजार ७३ जना पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख २३९ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ८६ लाख ३६ हजार ४२६ जना रहेको छ ।

