
पोखरा, २६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । देशभर आज थप ५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३२२ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङकी ४० वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषका ४५ वर्षीय र नवलपरासीका ५५ वर्षीय गरी ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभर ५ जना, बुधबार र मंगलबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यससँगै देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।