
चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका जिल्लाको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
निमोनियाका बिरामी समेत रहेका मृतक पुरुषमा २४ गते संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज साँझ ७ बजे क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिए ।

