
चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको पिसिआर परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला प्रमुख ड.नीतु अधिकारीद्वारा प्रकाशित सूचनाअनुसार शुक्रवार ५ सय ३३ वटा नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना रहेका छन् ।
त्यस्तै रत्ननगरका ११ वर्षीया बालिकासहित र ४९ वर्षीया महिला गरी २ छन् छन । यस्तै खैरहनीका दुई महिला र दुई पुरुष छन् भने कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरी ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
