पोखराका २४ सहित गण्डकी प्रदेशमा फेरि ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या २९ सय नाघ्यो

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ भदौ । पोखराका २४ जनासहित गण्डकी प्रदेशमा फेरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका ७ वडाका २४ जना, लमजुङका १ जना, स्याङ्जाका ५ जना र नवलपुरका ८ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १३ का १ पुरुष, १ की २ महिला, १० की ४ महिला, १२ का २ पुरुष र ७ महिला, १८ की १ महिला, २७ का ३ पुरुष र २ महिला, २८ की १ महिला र वडा नखुलेको १ पुरुषमा गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै लमजुङ बेसीशहर ३ की ३७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै नवलपुरको विनयत्रिवेणी गाउँपालिकाका ८ जनामा पनि कोरोना देखिएको हो । यसैगरी स्याङ्जा वालिङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले जनाए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३ पुगेको छ । यसअघि पनि पोखराका १० सहित प्रदेशमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



Tags: