पोखराका २ सहित गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ भदौ । पोखराका २ जनासहित गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा १६ का पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीसहित २ जना, लमजुङका १७ जना, स्याङ्जाका ४ जना, तनहुँका १ जना र नवलपुरका ८ जनामा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुष र स्याङ्जा पुतलीबजार नगरपालिका ३ का ७६ वर्षे पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररतमा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै लमजुङ सुन्दरबजार नगरपालिका ९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेको निर्देशक शर्माले जनाए । अन्य संक्रमण पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



Tags: