पोखरामा फेरि थप ४ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ भदौ । पोखरामा फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखराका ४ वडाका १ पुरुष र ३ महिलामा गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार पोखरा ६ का ४५ वर्षे पुरुष, ५ का ३६, २७ का २१ र १ का ५० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३९ पुगेको छ । यसअघि आज बिहान पनि पोखराका एक स्वास्थ्यकर्मीसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



Tags: