गण्डकीमा फेरि २९ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा फेरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान १० बजे तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशका ५ जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका १० जना, स्याङ्जाका १ जना, तनहुँका ५ जना, नवलपुरका ६ र गोरखाका ७ जनामा गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशक डा शर्माले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६८ पुगेको छ । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यसअघि पनि प्रदेशमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



Tags: