कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३४५ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ६५ वर्षीया २ महिला, र कास्ककी ४५ वर्षीया गरी ३ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा मोरङका ६९ वर्षीय, काठमाडौंका ५९, ७०, ६४ र ५९ वर्षीय गरी ४ जना र सिन्धुपाल्चोकका ५९ गरी ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: