
चितवन, २९ भदौ । चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार भएको पिसिआर परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला प्रमुख ड. नीतु अधिकारीद्वारा प्रकाशित सूचनाअनुसार आइतबार १ सय ७३ वटा नमुना परीक्षण गर्दा २८ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ७ पुरुष र ४ महिला गरेर ११ जना रहेका छन् । त्यस्तै कालिकाका ५ पुरुष र ५ महिला गरी १० जना रहेका छन् भने रत्ननगरका १ पुरुष र इच्छाकामनाका ६ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।