पोखरामा ३४ सहित गण्डकीमा थप ४४ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार चौथोपटक जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा ३४, तनहुँमा ६, लमजुङमा ३ र स्याङ्जामा १ जना थपिएका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । तीमध्ये १८ सय ६१ जना निको भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १÷१ जना छन् ।

आज संक्रमित भएका स्याङ्जाको पुतलीबजार नगरपालिकाकी ८० वर्षकी महिला गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी र पोखरा ९ की सोही अस्पतालमा कार्यरत २६ वर्षकी नर्समा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै भारतबाट आएका पोखरा २५ की ८ वर्षीय बालिका र १८ वर्षे पुरुषमा पनि आज नै कोरोना पुष्टि भएको छ ।

पोखरामा आजमात्रै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Tags: