थप ११७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित


पोखरा, २९ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ७ हजार २ सय ७५ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार ३ सय ९३ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ६ हजार ८ सय ९२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ८ सय ७९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३९ हजार ५ सय ७६ रहेको प्रवक्ता डा गौतमले बताए ।


कोरोना संक्रमणबाट गत २४ घण्टामा १५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।



Tags: