
पोखरा, ३० भदौ । पोखरामा फेरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ५ जनामा फेरि संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा ३, गोरखामा १ स्याङ्जामा १ जना गरी ५ जना थपिएका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १७ पुगेको छ ।
यसअघि पनि पोखरामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै स्याङ्जामा १२ र गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज मात्रै प्रदेशमा ५२ जनामा कोरोना पुष्टि भएको छ ।
