
पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा भदौ २९ गते राती ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भदौ २५ गते अस्पतालमा भर्ना भएका ती वृद्धमा भदौ २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

