
पोखरा, ३० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार ७ सय ७९ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

