
सन थापा, जापान ।
सेप्टेम्वर १५ । जापानमा हालसम्म कोरोना संक्रमित संख्या ७७ हजार २ सय ८३ जना पुगेको छ । जसमध्ये जापानभित्र संक्रमित भएका ७६ हजार ५ सय ७१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ जना हुन् ।
त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६८ हजार ४ सय ९० जना पुगेको छ ।
मंगलबार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ओसाकामा छ, फुकुओकामा चार, टोकियोमा दुई, र आईची प्रान्तमा एक जना गरी १३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ८१ जना पुगेको छ ।
संक्रमित मध्ये ६ हजार ५ सय ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ७४ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २३ हजार २ सय ७४, ओसाकामा ९ हजार ७ सय २५, खानागावामा ६ हजार ११, फुकुओकामा ४ हजार ९ सय ५९, आईचीमा ४ हजार ९ सय ५३, साईतामामा ४ हजार ३ सय १७ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ४ सय ३२, ह्योगोमा २ हजार ५ सय दुई, ओकिनावामा २ हजार २ सय ९७, होक्काईदोमा १ हजार ८ सय ९२ र क्योतोमा १ हजार ६ सय ४१ जना पुगेको छ ।