
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये पोखरा ४ का ३८ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १३ घर भएका उनी पोखरामा पत्रकारिता गर्छन् । त्यस्तै पोखरा ६ का २७ र ३१ वर्षीय २ जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरु पर्यटक प्रहरी रहेको स्वास्थय निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० का २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको हो । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।
ह्याम्स अस्पताल, काठमाडौँमा उपचाररत नवलपरासी (ब.सु.पू.) को कावासोती ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ३८ वर्षका पुरुष हुन् ।
यससँगै प्रदेशभर कुल संक्रमितको संख्या ३१७१ पुगेको छ ।
संक्रमितहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।