
पोखरा, ३१ भदौ । कोरोना भाइरसबाट संक्रमित भई विश्वभर निको हुनेको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका तथ्याङ्क अनुसार आजसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या दुई करोड ९१ हजार ६ सय ५८ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित निको हुने देशको सूचिमा पहिलो स्थानमा भारत छ । भारतमा कोरोना संक्रमित भई निको हुनेको संख्या ३९ लाख ४२ हजार ३ सय ६० पुगेको छ । त्यस्तै भारत पछि धेरै निको हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा निको हुनेको संख्या ३८ लाख ११ हजार ५ सय ५ पुगेको छ । तेस्रो स्थानमा रहेको अमेरिकामा २४ लाख ९५ हजार १२७ जना संक्रमित निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभर हालसम्म २ करोड ९५ लाख ९३ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ३५ हजार ४४६ पुगेको छ ।

