पोखराका ६ र स्याङ्जाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित


पोखरा, ३१ भदौ । पोखरामा फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा २ जिल्लाका ७ जनामा फेरि संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा ६ र स्याङ्जामा १ जना गरी ७ जना थपिएका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भएका पोखरा ४ का १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै पोखरा १७ र २५ का दुई जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेको व्यक्तिहरु हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: