कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित


पोखरा, ३१ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । देशभर आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा बाराका ४६ वर्षीया, काभ्रेपलाञ्चोकका ५५ वर्षीया, काठमाडौंका ७१ र ७४ वर्षीया गरी ४ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा सुनसरीका ७०, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ र कास्कीका ७० वर्षीय गरी ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: