
पोखरा, १ असोज । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीवार बिहान जारी विज्ञप्ती अनुसार प्रदेशका ५ जिल्लाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै गोरखा जिल्ल्को अजिरकोट र बारपाक सुलिकोटमा १/१ गरि दुई संक्रमित थपिएका छन् । यता बागलुङमा ४ जना र तनहुँमा १ जना संक्रमित थपिएका छन् ।
त्यस्तै चितवन मेडिकल कलेजमा गरेको परीक्षणमा नवलपरासीका १२ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय १ पुगेको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका–१५ का २९ वर्षीय पुरुष र बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका तिनैजना पुरुषहरु गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेको निर्देशनालयले जनाएको छ । अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।


