विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


पोखरा, १ असोज। विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ६० हजार ५७९ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६६ लाख २९ हजार ७०२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५० लाख ३० हजार ३५९ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४४ लाख १९ हजार ८३ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख ३९ हजार ४२७ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ९६ हजार ७५२ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ३४ हजार १०६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ८२ हजार ६६ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या २ करोड २ लाख १२ हजार १३४ जना रहेको छ ।



Tags: