भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ९२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको कूल संख्या ५० लाख २० हजार ३५९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

भारतको महाराष्ट्र सबैभन्दा बढी संक्रमित राज्य हो । महाराष्ट्रमा १० लाख ३७ हजार ७६५ पुगेको छ । महाराष्ट्रपछि दोस्रो संक्रमित आन्ध्रापूदेशमा ५ लाख ५७ हजार ५ सय ८७ पुगेको छ । तेस्रो स्थानमा रहेको राज्य तामिलनाडुमा ४ लाख ९७ हजार ६६ पुगेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ । भारतमा कुल ३९ लाख ४२ हजार ३६० जना कोरोना निको भएको तथ्याङ्कमा उल्लेख छ । विश्वमा कोरोना संक्रमणबाट निको हुनेको दरमा भारत पहिलो स्थानमा रहेको छ ।



Tags: