पोखराका ४ र तनहुँका १ जना फेरि ५ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकामा फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पोखराका ४ सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीवार बिहान दोस्रोपटक जारी विज्ञप्ती अनुसार पोखरा महानगरपालिकाका ४ र तनहुँ व्यासका १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका ५ का ४२ वर्षीया महिला, १० का ३४ वर्षीया महिला, १८ का १९ वर्षीय युवक र ८ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै तनहुँ जिल्लाको व्यास नगरपालिका ४ का ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६ पुगेको छ । आजै बिहान पोखरा महानगरका ४ जना र तनहुँ आँबुखैरेनीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



Tags: