पोखराका ४० जना प्रहरीमा कोरोना संक्रमण, कास्कीका ६६ सहित प्रदेशभर ७४ संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका १५ का १ महिला प्रहरी र ३९ जना पुरुष प्रहरी गरी ४० जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार निर्देशनालयले जारी गरेको तेस्रो विज्ञप्तिअनुसार कास्कीमा ६६ जनासहित प्रदेशका ३ जिल्लामा ७४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८० पुगेको छ ।

तीमध्ये १९ सय ३५ संक्रमित निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।



Tags: