गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     असाेज २ गते २०७७ मा प्रकाशित


पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार बिहान जारी विज्ञप्ती अनुसार प्रदेशका ३ जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वी.पी. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा स्याङ्जाका १, नवपरासी (ब.सु.पू.)का ८ र तनहुँका २ जना गरी ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ९१ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरु परिक्षण गरिएको अस्पतालको आईसोलेसन केन्द्रमा बसेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा यी संक्रमितमध्ये हालसम्म १ हजार ९ सय ७५ जना निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।



Tags: