
पोखरा । गण्डकी प्रदेशमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १७, तनहुँका ४ र स्याङ्जाका १ जना छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् ।
गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जटिल खालको श्वासप्रश्वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा चितवन मेडिकल कलेज भर्ना भएका थिए । २६ भदौमा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।
योसहित गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ ।