
पोखरा, २ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ८ हजार ८८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ३ सय ८३ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

