
पोखरा, २ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३९० पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ८५ वर्षीया र ललितपुरका ६६ वर्षीया गरी २ महिला रहेका छन् ।
यस्तै पुरुषहरुमा मोरङका ६६ वर्षीय २ जना पुरुष, काठमाडौंका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।